नियम २८
स्वास्थ्य परीक्षण
: (१) चियाबगानले कुनै कामदार वा कर्मचारीको पदमा कुनै व्यक्तिलाई नियुक्ति गर्दा सो व्यक्तिबाट निजको स्वास्थ्यको सम्बन्धमा नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकले गरी दिएको निरोगिताको प्रमाणपत्र पेश गर्न लगाउन सक्नेछ । त्यस्तो व्यक्तिले त्यस्तो निरोगिताको प्रमाणपत्र पेश गर्न नसकेमा चियाबगानले निजलाई नियुक्ति गर्न बाध्य हुने छैन ।
(२) चियाबगानले कुनै कामदार वा कर्मचारीको पदमा कुनै ब्यक्तिलाई नियुक्ति गर्दा उपयुक्त सम्झेमा आफैले समेत नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकद्धारा त्यस्तो व्यक्तिको स्वास्थ्य परीक्षण गराउन सक्नेछ ।